अष्ट्रेलियामा बिचल्लीमा परेका नेपाली विद्यार्थीको उद्धार गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले अष्ट्रेलियामा अध्ययन गर्न गएका एक हजारभन्दा बढी नेपाली विद्याथी विचल्लीमा परेको घटनाप्रति गम्भीरध्यान आकर्षण भएको बताएको छ । 

हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेको र त्यसप्रति हामी अनुगृहित रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिामा लेखिएको छ । 

‘स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौँको भविष्य अन्यौलमा पु-याएको र नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थी समेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावक सँगै हामीलाई पनि मर्माहत तुल्याएको छ’ जारी विज्ञप्तिामा उल्लेख छ । 

कांग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन गरिसकेको प्रवक्ता शर्माले जानकारी दिए ।

यसैगरी विज्ञप्तिमा लेखिएको ‘नेपाल सरकारले ती विद्यार्थीहरुको उद्धार उचित शैक्षिक प्रबन्धका लागि तत्काल अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गरोस् र पीडित विद्यार्थीहरु एवं अभिभावकको भावना अनुरुपको व्यवस्थापनमा तत्कालै अग्रसरता निभाओस् ।’

यस विषयमा गम्भीर हुन कांग्रेसले सम्पूर्ण तदारुकताका लागि हार्दिक अपिल समेत गरेको छ । । 

दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुलाई कारबाहीको माग गर्दै कांग्रेसले भने, ‘दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने कन्सल्टेन्सीहरुबारे विवरण संकलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन समेत कांग्रेस सरकारको ध्यानाकर्षण गराउँद छौं ।’ जारी विज्ञप्तिामा लेखिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?