जनकपुर । बालिकालाई बलात्कारपछि हत्या गरी शव लजाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गत शुक्रवार धनुषाको मिथिला नगरपालिका ३ हरीहरपुरकी ११ वर्षीया बालिका रेश्मा भन्ने दुतीया रसाइलीलाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनुषा बटेश्वर ४ स्थित काका घरमा बस्ने २२ वर्षीया निरज जर्घामगर छन् ।
शुक्रबार मामा घर आएका बेला विवाहमा नाच्दै गरेकी ११ वर्षीया बालिकालाई निरजले फ्रुटी र चाउचाउको प्रलोभनमा बस्ती बाहिर लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारपछि अचेत अवस्थामा रहेकी बालिकालाई जर्घामगरले हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।
बालिका बलात्कारपछि हत्या गरी भारत भाग्न लागेको अवस्थामा सोमवार दुहवीबाट प्रहरीले मगरलाई पक्राउ गरेको प्रहरी उपरीक्षक खनालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया