रक्सी खाएर ९ वर्षीया छोरी बलात्कार गर्ने बाबु प्रहरीको फन्दामा

ललितपुर– ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेलका ३८ वर्षीय एक युवकलाई ९ वर्षीया छोरी बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेकोे छ ।
बाबुले मद्यपानको नसामा यही फागुन ३ गते आफ्नै छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ ।
आइतबार बालिका बलात्कारको जाहेरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले दर्ता गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?