बढ्दो आयात र भष्ट्राचारको बिगबिगी

 — डा. रामप्रसाद दाहाल 

आजभोलि किन किन दुइतिहाइको सरकार भएपनि समाजमा छटपटाहट छ । परिवर्तित शैली र विधिले युगको विकास समेट्नु पर्छ भन्ने सोच राख्नेहरुमा नकारात्मक टिप्पणी उर्लदो छ ।

नकारात्मकको अन्तिम बिन्दुमा पुगेर सकारात्मक सोच राख्यो भने नेपाली अर्थतन्त्रमा परिवर्तन आउला ?  शालीन पाहुना जस्तै विकास निर्माण दिगो भएर बस्ला ? हाम्रो अध्ययनले यही भन्छ जीवन युद्ध जित्न चाहनेले रकेट, प्लेन, कार, बस, रेल जे चढेपनि तिमी जमिनबाटै पाइला माथि उठाएर चढ्छौ अनि जमिनमै झर्छौ पनि । अनि जतिसुकै पद, पैसा, प्रतिष्ठा प्राप्त गरेपनि जमिनमै मर्छौ पनि ।  तिमीले जे गरेका छौ, जे गर्दैछौ त्यो सबै छोडेर जाने हो । साथमा लाने केही छैन ? बुद्धिमानहरुले समाजलाई दिएर जान्छन् कि छोडेर ? यिनै सभ्य र यथार्थ कुरालाई  बिर्सिनेहरु समाजलाई भ्रष्ट बनाउँदै छन् । सुशासन बिर्सिएर भ्रष्टाचारमा रमाउँदैछन् । जसले गर्दा सभ्यता, संस्कृति, सुशासन, अनुसाशन र नैतिकताको खडेरी पर्न थाल्यो । पहिरो जाने पहाड मुन्तिरको बस्ती जस्तै भयो गरिबीले साताएको मान्छेको जिन्दगी । 

***
सरकार भ्रष्ट नबन्ने, कमिसनमा नलाग्ने हो भने वर्तमान समयका जल्दा बल्दा समस्या चाहे वाइडबडी होस् वा सुनकाण्ड अथवा मेलम्ची खानेपानी वा पप्पु कन्सट्रक्सन जे भएपनि चुरो कुरो कमिसनको खेल भन्ने कुरामा अक्षरको खेती गर्नेहरु चरम् भष्ट्राचार देखिन्छन् । नेपालको अर्थतन्त्रमा देखिएको ह्रास, बढ्दो आयात, पूँजीको निमार्णमा कमी, कट राजस्वले आजित जनता, तीनै तहको भ्रष्ट सरकार भनेर सडक पेटीका गफ र चिया पसलको चर्चाले तीव्रता पाएको छ । यसको कारण हो सुशासनको अभाव ? 

***
देशले उत्पादन गरेको वस्तु नबिक्ने, अन्य देशमा पठाउनलाई अपनाउनुपर्ने झन्झटिलो प्रक्रियाले अवरुद्ध हुने, उत्पादन नै नहुने भएपनि बजारसम्म लान नसकिने, कर राजस्वले हैरान पार्ने जस्ता कुराले चोटी  निकाशी बढ्ने र सोझो बाटो अघि नबढ्ने प्रक्रियाले गर्दा भष्टाचार कमिसन तन्त्र र ठगीतन्त्रले जरा गाड्यो । चुनाव जितेपछि वडा सदस्य देखि चुनाव जित्ने सबैले आफुलाई  कर्मचारी ठान्ने, पेन्सन, भत्ता, पारिश्रमिकमा बस्ने र जसरी हुन्छ जे गरी हुन्छ आफुले खाने प्रवृत्ति हावी भएको छ, ज्यादै विकराल र नराम्रो बन्दै गएको छ । भष्टाचार गर्नुपछ भन्ने मानसिकता बढ्दै गएको छ  ।  बिचौलियाका बिगबिगी छ । प्रत्येक पाटोमा अत्याचार अनि भष्टाचार । 

***
अर्कातर्फ व्यापार तथा निकाशी प्रवद्र्धन केन्द्रले दिएको विदेश निर्यात भएका वस्तुहरु देख्दा लाज मर्दो छ भने आयात भएको वस्तु देख्दा कठै ! रेमिट्यान्समा चलेको मेरो देश भन्न मन लाग्छ ।  कृषिमा दिएको अनुदान वास्तविक कृषकले नपाउने, बिचौलिया र पहुँचवालाको हातमा रहने, कृषि प्रदान देश भन्ने तर सबै खाद्यान्न आयात गर्ने हाम्रो मुलुक । कठै नेताको नीति र चुस्ने प्रवृत्तिको दुर्गति ! दुधे बालक काखमा च्यापेर एक झ्ुत्रो लाउन र एक पेट खान धौधौ गरेर झरीमा भिज्दै गिटी कुट्ने सुत्केरी महिलाको करुन कथाबाट नेपालको अर्थतन्त्र  माथि  उठ्ने कहिले ? 

***

५७ करोडको सुन्तला, ५३ करोडको केरा, ४ अर्ब ३३ करोडको मासुु,  २८ अर्ब ९० करोडको चामल, ४५ अर्ब ४१ करोडको दाल २६ अर्ब ९३ करोडको खाने तेल, १२ अर्ब ५४ करोडको मकै, १२ अर्ब २९ करोडको तरकारी विदेशवाट ल्याएर खाने नेपाल र नेपालीको अवस्थालाई उठाउन र ती गरिब जनतामा आर्थिक पहुँच वृद्धि गर्न सरकार कहिले लाग्ने ?

निजी गाडी व्यापक रुपमा आयात गरेर नथाक्ने सरकारले बाटो भन्दा गाडी धेर भएको नबुझ्ने राजस्व आय नपुग्ने, पिचको पहुँच विस्तार नगर्ने, भएको पनि बिगार्ने, कमिसन खाने काममा निलिप्त ठेक्का पट्टाको समाज र त्यसैको पेरिफेरिको सरकार, ५७ करोडको सुन्तला, ५३ करोडको केरा, ४ अर्ब ३३ करोडको मासुु,  २८ अर्ब ९० करोडको चामल, ४५ अर्ब ४१ करोडको दाल २६ अर्ब ९३ करोडको खाने तेल, १२ अर्ब ५४ करोडको मकै, १२ अर्ब २९ करोडको तरकारी विदेशवाट ल्याएर खाने नेपाल र नेपालीको अवस्थालाई उठाउन र ती गरिब जनतामा आर्थिक पहुँच वृद्धि गर्न सरकार कहिले लाग्ने ? सुशासन दिने कहिले ? कृषिजन्य उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्ने कहिले ? खोजी गर सरकार ।  पार्टीभित्र पारदर्शिता र निष्ठाको सरकार बनेर काम गर्ने बेला आएको छ । कृषिजन्य उत्पादन वृद्धि गरी आत्मनिर्भर बन्ने कहिले ? खोजी गर सरकार । यही भन्छ नेपालको विकास र नेपाली अर्थतन्त्रले । 
 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?