युएईका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ढकाल नियुक्त

काठमाडौं । युएईका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ढकाल नियुक्त भएका छन् । 

संसदीय सुनुवाई विशेष समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज नियुक्त गरेकी हुन् । 

नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ढकाललाई संयुक्त अरब ईमिरेट्सका लागि  नेपालको आवासीय राजदूत पदमा  नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?