घुुस रकमसहित पक्राउ परेका प्रहरी अख्तियारको नियन्त्रणबाट भागे

महोत्तरी । घुुस रकमसहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक अख्तियारको नियन्त्रणबाट भागेका छन् ।

मंगलवार दिउँसो अख्तियारको टोलीले औरही प्रहरी चौकीमा कार्यरत असई रामनरेश साहलाई नवदुर्गा सःमिलबाट पक्राउ गरेको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले १० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिए पनि भागेका हुन् । उनी टोलीलाई छलेर भागेको बताइएको छ । 

महोत्तरीका जिल्ला प्रहरीका अनुसार अहिले उनको खोजी भइरहेको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?