कार्पेट गोदाममा लागेको आगो नियन्त्रणमा, चार लाख बराबरको क्षति

काठमाडौं ।ललितपुरको कार्पेट गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ ।
 
भैंसेपाटी-२५ मा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममा आज दिउँसो १ बजेबाट आगोलागि शुरु भएको थियो । 

आगलागीलाई नियन्त्रणमा लिन काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल परिचालन गरिएको थियो । 

आगलागीको कारण भने खुल्न सकेको छैन् । तर, ट्रेडर्सका सञ्चालकले करिब ४ करोड रुपैयाँ क्षति भएको बताएका छन् । 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?