नेपाल–भारत उच्च अधिकारीबीच वाणिज्य सन्धिमा छलफल हुँदै


लोकपथ
प्रकाशित मिति : २३ माघ २०७५, बुधबार ११:२६

काठमाडौं  नेपाल र भारतका उच्च सरकारी अधिकारीबीच नेपाल–भारत वाणिज्य सन्धिका विविध पक्षमा यही माघ २५ र २६ गते गहन छलफल हुँदैछ । 

भारतसँगको व्यापारघाटा बढिरहेका बेला त्यसलाई घटाउने तथा समयानुकूल उक्त सन्धि परिमार्जन, संशोधन वा नयाँ शिराबाट गर्नेलगायत विषयमा बैठकमा विचारविमर्श हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशङ्कर सैंजुले राससलाई बताए । 

“वाणिज्य सन्धिका प्राविधिकसहितका सबै पक्षबारेमा छलफल गर्न पोखरामा हुन लागेको दोस्रो बैठकमा परिवर्तित सन्दर्भमा उक्त सन्धिका धारा÷उपधारालाई सामयिक तुल्याउने प्रयास हुनेछ,,” नेपाल र भारतबीच २०४७ सालमा भएको वाणिज्य सन्धि परिमार्जनका निम्ति बैठकले सिफारिशसमेत गर्नसक्ने जानकारी दिँदै उनले भने । 

नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व सहसचिव सैंजुले गर्नुहुनेछ भने सात सदस्यीय भारतीय पक्षको नेतृत्व त्यहाँको वाणिज्य मन्त्रालयका सहसचिव भुपेन्द्र भल्लाले गरेका छन् ।  

बैठकमा वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका साथै भन्सार र वाणिज्य विभागका अधिकारी सहभागी हुनेछन् । 
 

Tags :
प्रतिक्रिया दिनुहोस
मलेसियामा रहेका नेपालीहरुलाई खुसीको खबर

काठमाडौं । विभिन्न कारणले मलेसियामा अवैधानिक रुपमा बस्दै आएका नेपालीसहित विदेशी नागरिकलाई त्यहाँको

अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु

एजेन्सी । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक शनिबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको

मलेसियामा कार्यरत ५ नेपालीसहित ३१ जना पक्राउ

काठमाडौं । मलेसियामा अवैध रुपमा बसेका ५ जना नेपालीसहित ३१ जना विदेशी कामदारलाई

कुवेतमा आगलागीमा परि ३ नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा आगलागीमा परि तीन जना नेपालीको मृत्यु भएको छ । कुवेतको