मलेशियामा एक नेपालीको मृत्यु


लोकपथ
प्रकाशित मिति : १२ माघ २०७५, शनिबार १४:४५

सोलुखुम्बु– वैदेशिक रोजगारीका लागि विगत ३ वर्षदेखि मलेशियामा कार्यरत सोलुखुम्बुका एक युवकको मृत्यु भएको छ ।

माप्य दूधकोशी गाउँपालिका–७ का २० वर्षीय हर्कजङ राईको सवारी दुर्घटनामा मृत्यु भएको हो । बिहीबार सवारी दुर्घटनामा परी घाइते भएपछि उपचारको क्रममा शुक्रबार बेलुका मृत्यु भएको उनका भाई दानकुबिर राईले जानकारी दिए ।

मृतक राई मलेशियाको मलकाको सुङ्गाइ कोलाबारु मजिस्थानाम रहेको केल्विन कम्पनीमा सामान डेलिभरी गर्न सहयोगीका रुपमा तीन वर्षदेखि कार्यरत थिए ।  राईको शव परीक्षणका लागि सेरेम्बान अस्पतालमा राखिएको पारिवारिक स्रोतले जनाएको छ । जुंगल इन्टनेशनल ओभरसियर प्रालिसँग सहकार्य गरी शवलाई नेपाल ल्याउने तयारी थालिएको बताइएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस
मलेसियामा रहेका नेपालीहरुलाई खुसीको खबर

काठमाडौं । विभिन्न कारणले मलेसियामा अवैधानिक रुपमा बस्दै आएका नेपालीसहित विदेशी नागरिकलाई त्यहाँको

अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु

एजेन्सी । अस्ट्रेलियाको राजधानी क्यानबेरा नजिक शनिबार भएको सडक दुर्घटनामा दुई नेपाली विद्यार्थीको

मलेसियामा कार्यरत ५ नेपालीसहित ३१ जना पक्राउ

काठमाडौं । मलेसियामा अवैध रुपमा बसेका ५ जना नेपालीसहित ३१ जना विदेशी कामदारलाई

कुवेतमा आगलागीमा परि ३ नेपालीको मृत्यु

काठमाडौं । कुवेतमा आगलागीमा परि तीन जना नेपालीको मृत्यु भएको छ । कुवेतको