शेर्पाको विषय अझै भएन निर्णय

काठमाडौं – मानव तस्करको आरोप लागेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई राजदूतको जिम्मेवारीमा निरन्तरता दिने वा पदमुक्त गर्नेबारे सरकारले अझै ठोस निर्णय गर्न सकेको छैन ।

शेर्पाबारेको छानविन अघि बढाएको परराष्ट्र मन्त्रालयले यस बारेमा अझै ठोस निर्णय लिन बाँकी रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
 ‘उहाँको विषयमा छानविन समितिले आन्तरिक छानबिन गरिरहेको छ, हामी अध्ययनकै क्रममा छौ, मंगलबार अपरान्ह्र मन्त्री ज्ञवालीले सञ्चारकर्मीहरुसँग भने–‘सबै सत्य तथ्य बुझेर आवश्यक निर्णयमा पुग्छौ ।’

राजदूत शेर्पाकै सवारी चालक वाड्चु शेर्पाले पैसा लिएर आफूलाई अष्ट्रेलिया ल्याएको आरोप लगाएपछि उनी विवादमा तानिएपछि परराष्ट्रले छानविन अघि बढाएको छ । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?