स्थानीय र प्रदेशमा जान कर्मचारी आकर्षित, यस्तो छ प्याकेज

काठमाडौंँ– सरकारले अध्यादेशबाट कर्मचारी समायोजना गर्ने तयारी गरेसँगै स्थानीय र प्रदेश तहमा जान निजामती कर्मचारीमा आकर्षण बढेको छ ।
ध्यादेशले निजामती कर्मचारीलाई स्थानीय र प्रदेशमा समायोजन भई जाँदा खाइपाइ आएको तलबको दुई ग्रेड थप गर्नेदेखि तह वृद्धि लगायतका प्याकेज अगाडि सारेपछि आकर्षण देखिएको हो ।  गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
निजामती कर्मचारीलाई तहगतरूपमा रूपान्तरण गर्दा पाँच वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका नायव सुब्बालाई माथिल्लो पदमा बढुवाका लागि आवश्यक पर्ने शैक्षिक योग्यता हासिल गरेको छ भने त्यस्ता कर्मचारीलाई अधिकृत स्तरको छैठौं तह बनाउने प्रस्ताव गरिएको छ । त्यसैगरी पाँच वर्षभन्दा कम सेवा अवधि भएका शाखा अधिकृतलाई अधिकृत स्तर सातौं तह बनाइ खाईपाई आएको तलबमा दुई ग्रेड थप गर्ने र पाँच वर्ष वा सो भन्दा बढी सेवा गरेका शाखा अधिकृतलाई अधिकृतस्तर आठौं तह बनाउने अध्यादेशमा व्यवस्था गरिएको छ ।

त्यस्तै पाँच वर्षभन्दा कम सेवा अवधि भएका उपसचिव तहगतरूपमा जाँदा अधिकृतस्तर नवौं तह बनाइ खाईपाई आएको तलबको दुई ग्रेड थप गरिने भएको छ । त्यसैगरी, पाँच वर्ष वा सो भन्दाबढी सेवा अवधि भएका उपसचिवलाई अधिकृत स्तरको दशौं तह बनाउने र सहसिचवलाई तहगतमा जाँदा अधिकृतस्तरको एघारौं तह बनाइ खाईपाई आएको तलबमा दुई ग्रेड थप गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?