निर्मला हत्या प्रकरणः डीएनए पनि नमिले यस्तो तयारीमा सरकार

काठमाडौं– कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको आशंकामा पक्राउ परेका आरोपीको डीएनए पनि म्याच नभए सरकारले विशेष अनुसन्धान टोली गठन गर्ने भएको छ ।

संगठित अपराध ऐनमा रहेको प्रावधानअनुसार स्वतन्त्र विशेषज्ञसहित राखेर यस्तो अनुसन्धान टोली राख्नेबारे गृह मन्त्रालयले छलफल गरिरहेको छ ।

अहिले प्रहरीले भीमदत्त नगरपालिका १८ का प्रदीप रावल र विशाल चौधरीलाई पक्राउ गरी अनुसन्धान गरिहरहेको छ । सोधपुछका क्रममा उनीहरुले अपराध स्वीकार गरेका छन् तर उनीहरुका कतिपय कुरा नमिल्दा रहेको प्रहरीले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?