राष्ट्रपतिसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश

लोकपथ
26
Shares
sf7df8f}, d+l;/ @( M /fi6«klt ljBfb]jL e08f/LnfO{ dªl;/ $ ut] ;Dkg{ ePsf] k|ltlglw;ef / k|b]z;ef ;b:osf] lgjf{rgsf] k”0f{ glthf ;lxts k|ltj]bg k]z ug'{ x’b}{ k|d’v cfo’Qm lbg]zs’df/ yklnof . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन परिणामसहितको प्रतिवेदन पेश गरेको छ । आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ को निर्वाचन परिणाम सहितको प्रतिवेदन पेश गरिएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६२ बमोजिम बिहीबार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसमक्ष पेश गरेको आयोगले जनाएको छ ।

सो अवसरमा राष्ट्रपतिले नेपालको संविधान जारी भएपछि सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको दोस्रो निर्वाचन, २०७९ ले मुलुकमा शान्ति, स्थिरता, विकास, सुशासन र समृद्धिको मार्गप्रशस्त गर्ने आधार तयार गर्नेछ भन्ने कुरामा आफू विश्वस्त रहेको स्पष्ट गरिन् । लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गरेकामा उनले आयोगलाई धन्यवाद दिइन् ।

साथै, निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, निर्वाचनमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, राजनीतिक दल एवं सरोकारवाला सबैलाई उनले धन्यवाद दिइन् ।

प्रतिवेदन पेश गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको सारसंक्षेप प्रस्तुत गरेका थिए । सो अवसरमा निर्वाचन आयुक्तहरू ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा.जानकी कुमारी तुलाधर, सगुनशम्शेर जबरा, आयोगका सचिव श्री गोकर्णमणि दुवाडी र सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?