कतारमा तीन दिनमा दुई जना पत्रकारको मृत्यु, भएको के हो ?

लोकपथ
448
Shares

कतारमा जारी फिफा विश्वकपको सेमी फाइनलको पहिलो खेल सकिसकेको छ । अर्जेन्टिनाले फाइनलमा आफ्नो स्थान पक्का गरिसकेको छ । आज हुने दोस्रो सेमी फाइनल खेलले फाइनलमा अर्जेन्टिनासँग कसले फाइनल खेल्छन् भन्ने कुराको टुंगो लाग्ने छ । आज राती फाइनलका लागि सविक विजेता फ्रान्स र पहिलोपटक सेमीफाइनलमा पुगेको मोरोक्कोबीच प्रतिस्पर्धा हुँदैछ ।

कतारले सफलतापूर्वक सेमी फाइनलसम्मको खेल खेलाइसकेको छ । अब फाइनलको तयारी हुँदैछ । तर, कतार विश्वकपका कारण धेरै कन्ट्रोभर्सिमा परेको छ । गत शनिबार अर्थात डिसेम्बर १० मा कतारमा एक अमेरिकी पत्रकारको मृत्यु भएको थियो ।

यो पनि पढ्नुहोस् : कतार पुन: विवादमा : समलिङ्गीको समर्थनमा जर्सी लगाएका अमेरिकी पत्रकारको हिरासतबाट रिहा भएपछि मृत्यु

उनको मृत्युको घटना सेलाउन नपाउँदै कतारमा फेरि अर्का एक पत्रकारको मृत्यु भएको छ । कतारमा समलैंगिकता सम्बन्धी कडा कानुनको व्यवस्था रहेको छ । मृतक पत्रकार ग्रान्ट वाहलले मृत्यु हुनुभन्दा केही दिन अगाडीमात्रै उनले समलिङ्गी समुदायलाई समर्थन गर्ने जर्सी लगाएका थिए । जर्सी लगाएर समर्थनमा उत्रिएपछि उनलाई कतारले हिरासतमा राखेको थियो । यो घटनाको केही दिनपछि उनको मृत्यु भयो ।

त्यस्तै, अहिले पुनः अर्का पत्रकारको मृत्युको खबरले कतार विश्वकपलाई झनै विवादित बनाएको छ ।

कतारबाट पछिल्ला तीन दिनमा ठूला घटना बाहिर आएको छ । तीन दिनभित्र कतारमा दुई पत्रकारको मृत्यु भएको छ । मंगलबार कतारका फोटो पत्रकार खालिद–अल–मिस्लामको मृत्युको खबर सार्वजनिक भएको हाे । स्थानीय सञ्चारमाध्यमका अनुसार खालिद कतारको अल कास टिभीका लागि काम गरिरहेका थिए।

No description available.

यद्यपि, खालिदको मृत्युको कारण भने खुल्न सकेको छैन । उनको मृत्युको खबर पहिलो पटक स्थानीय समाचार एजेन्सी गल्फ टाइम्सले दिएको थियो।

गल्फ टाइम्सले लेखेको छ– ‘फिफा विश्वकप कभर गर्ने क्रममा खालिदको अचानक निधन भयो । हामी उहाँको परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।’

अल कास टिभीले पनि प्रत्यक्ष प्रसारणमा समाचारको पुष्टि गर्दै थप विवरणको लागि पर्खिरहेको बताएको छ। तीन दिनको अन्तरालमा दुई जना पत्रकारको मृत्यु हुनुलाई मानिसहरुले सामान्य ढंगले लिन सकिरहेका छैनन् ।

त्यस्तै, यसअघि नै कतारले विश्वकपको आयोजना गर्न रंगशाला बनाउँदा धेरै आप्रवाशी श्रमिकहरुको मृत्यु भएको घटना बाहिर आएको थिए ।

कतारमा विश्वकप खेलाउन बनेका रंगशालाको पृष्ठभूमि केलाउँदा चिसो घटना फेला पर्छ । कतारले देशभर आठ वटा रंगशालालाई प्रविधियुक्त बनाउँदा ६ हजार ५ सय जना आप्रवासी कामदारले ज्यान गुमाएका छन् । यो तथ्यले फिफालाई समेत झस्क्याएको थियो।

त्यसो त फिफाका पूर्वअध्यक्ष सेप ब्लाटरले कतारलाई २०२२ विश्वकप गर्न दिनु नै ठूलो भूल भएको प्रतिक्रिया समेत दिएका थिए । कतारमा मानव अधिकारका बारेमा उठिरहेको मुद्दालाई उद्धृत गर्दै ब्लाटरले फिफाको भूलमाथि पश्चाताप गरेका हुन् ।

ह्युमन राइट्स वाच र एम्नेस्टी इन्टरनेशनल लगायतका मानव अधिकाकार क्षेत्रमा काम गर्ने संस्थाहरुले आधुनिक दासत्वको सीमामा रहेका कामदारहरूका लागि गरिएको भयानक अवस्थाको निन्दा गरेका छन् र, सैयौँ कामदारको मृत्यु रंगशालासँग सम्बन्धित रहेको बताएका छन् ।

यो पढ्न छुटाउनु भयो कि ? :   ६५ सय कामदारको शवमाथि ठडिएका रंगशाला

कतार सरकारले रंगशाला निर्माणका लागि मात्रै ३० हजार विदेशी कामदार लगाइएको बताएको छ । कामदारहरु धेरैजसो बंगलादेश, भारत, नेपाल र फिलिपिन्सबाट लगिएका थिए ।

Dad says son 'worked to death' on £1 an hour by Qatar World Cup stadium firm - Mirror Online

यद्यपी कतार सरकारले सबै मृत्यु विश्वकपसँग सम्बन्धित परियोजनाहरूमा काम गर्ने व्यक्तिहरू नभएको भन्दै बचाउ गरेको छ । साथै, कतार सरकारले मृत्यु भएकामध्ये धेरैले कतारमा धेरै वर्ष काम गरेको र वृद्धावस्था वा अन्य प्राकृतिक कारणले मृत्यु भएको हुनसक्ने उल्लेख गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?