अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो, मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

लोकपथ
91
Shares
c:tfpFbf] ;”o{sf] cf/fwgf 6ªsLl;gjf/L, !# sflQs . 57 kj{sf] d’Vo lbg cyf{t sflt{s z’Sn ifi7Ldf cfOtaf/ lj/f6gu/–! sf] l;+l3of gbLdf kfgLdf 8’a]/ j|tfn’x¿n] c:tfpFbf] ;”o{sf] k”hf cf/fwgf u/L b”w / kfgLsf] c3{ lbFb} . gbL, hnfzo, kf]v/L, tfnsf] lsgf/df 57 3f6sf] lgdf{0f u/L 57 kj{ dgfpg] rng 5 . 57 kj{ dgfpFbf kfl/jfl/s sNof0f, ;d[l4 / dgf]sfdgf k”0f{ x’g] hgljZjf; 5 . tl:a/ M cg’h ;fksf]6f, /f;;

धनुषा । छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । बर्तालुहरूले जलाशयमा पुगेर अस्ताउँदो सूर्यको आराधना गरेका छन् । छठमा सूर्यदेवको उपासना गरिन्छ । मधेस प्रदेशको राजधानी जनकपुरधामका गङ्गासागर, धनुष सागरलगायत नदी÷खोला किनार र पोखरीमा बर्तालुहरूले सूर्यलाई अर्घ्य दिएका छन् ।

निर्जल र निराहार व्रत बसेका बर्तालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् । अघ्र्य दिँदै गर्दा बर्तालुहरूले सूर्यलाई आफ्नो मनोकाङ्क्षा सुनाउँछन् र पूरा गरिदिन आग्रह गर्छन् । यस दिनलार्ई ‘सौँझकारक’ पनि भनिन्छ । भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुनेछ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजू देउवा राणा छठ पर्व हेर्न जनकपुरधाम आएकी थिइन् ।

मधेस प्रदेशमा भोलि सार्वजनिक बिदा

मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा छठको अन्तिम दिन सार्वजनिक बिदा दिएको छ । सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन बिदा मात्र दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन पारन दिनसमेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?