कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय नहटाउने सरकारको निर्णय

काठमाडौं । सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय नहटाउने निर्णय गरेको छ । 

सरोकारवालाको विरोधपछि सरकारले कक्षा ११ र १२ को पाठ्यक्रमबाट गणित विषय नहटाउने निर्णय गरेको हो । 

विज्ञानका तीनैवटा बायोलोजी, फिजिक्स र केमेस्ट्रीका विद्यार्थीहरुले चाहेमा गणित विषय पढ्न पाउने भएका छन् ।

मानविकी र व्यवस्थापन संकायमा भने पहिलेदेखि नै ऐच्छिक विषयको रुपमा गणितलाई राखिएको छ । यसअघि पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदको बैठकले कक्षा ११ र १२ मा सबै समूहका विद्यार्थीहरुले अध्ययन गर्न पाउने गरी प्रस्ताव गरिएको प्रायोगिक गणित विषय हटाउने प्रस्तावसहितको प्रारुप तयार पारेको थियो । सो प्रारुपमा अनिवार्य गणितलाई ऐच्छिक बनाइएको थियो ।
 

गणितले तार्किक क्षमता वृद्धि गर्ने भएकाले यस विषयलाई पाठ्यक्रमबाट  हटाउँदा  अरु विषयहरुलाई पनि असर पर्नेसरोकारवालाहरुको भनाइ थियो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?