निर्मला हत्या प्रकरणमा थप ४ जनाको डीएनए परीक्षण

महेन्द्रनगर । निर्मला हत्याकाण्डको अनुसन्धानमा डीएनए परीक्षण प्रक्रियालाई अगाडी बढाएको कञ्चनपुर प्रहरीले मङगलवार थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाएको छ ।

अनुसन्धानका क्रममा विभिन्न कोणबाट शंकास्पद देखिएका थप ४ जनाको नमूना संकलन गरी काठमाडौं पठाइएको कञ्चनपुरका डीएसपी कृष्णराज ओझाले बताए ।

नमूना संकलन गरिएका व्यक्तिहरुको पहिचान भने खुलाइएको छैन ।
‘लामो समयको अनुसन्धान र निगरानीपछि शंकाको घेरामा आएका ४ जनाको नमूना संकलन गरिएको छ, उक्त नमूना  नै परिक्षणका लागि काठमाडौँ पठाएका छौँ, ।’ डीएसपी ओझाले भने । घटनास्थल आसपासका खराब पृष्ठभूमि भएका र सोधपुछका क्रममा शंका लागेका व्यक्तिहरूमाथि प्रहरीले डीएनए परीक्षण गर्न थालिएको छ ।
अाजकाे  नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?