आठ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न

लोकपथ
49
Shares
lgjf{rg ;fdu|L 9’jfgL sf7df8f}F, !# sflQs M cfpFbf] dªl;/ $ ut] x’g] k|ltlglw;ef / k|b]z;ef ;b:o lgj{frgsf lgjf{rg cfof]un] %& k|sf/sf lgjf{rg ;fdu|Lx?sf] 9’jfgL ub}{ . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । निर्वाचन आयोगले गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा निर्वाचन सामग्री ढुवानी सम्पन्न गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ५७ प्रकारका सामग्रीहरू आयोगबाट दिनहुँ विभिन्न जिल्लामा ढुवानी भइरहेको छ ।

यसक्रममा गण्डकी प्रदेशको मनाङ र मुस्ताङ, कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा र सुदूरपश्चिमको बाजुराको निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ ।

यीबाहेक ५१ जिल्लामा विभिन्न निर्वाचन सामग्रीहरू पठाई सकिएको छ । यद्यपी ती जिल्लाहरूमा सबै सामग्री ढुवानी हुन बाँकी छ ।

आयोगले निर्वाचनका लागि मतपेटिका, मतपत्र, छेकाबारा, कोरा कपडा, स्वस्तिक छापलगायत सामग्रीहरू ढुवानी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?