डा. भक्तमान श्रेष्ठ दोषी ठहर, एक वर्ष कैद, एक करोड जरिवाना

काठमाडौं । विशेष अदालतले भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका पूर्वकार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठलाई भ्रष्टाचार ठहर गरेको छ । भ्रष्टाचारको मुद्दामा उनलाई दोषी ठहर गरेको हो । अब उनी एक वर्ष जेल जानुपर्ने भएको छ ।

विशेष अदालतले श्रेष्ठलाई १ करोड १८ लाख ६६ हजार ७ सय ६६ रुपैयाँ जरिवानासहित १ वर्षको कैद सजाय सुनाएको हो । श्रेष्ठले पदमा रहँदा १ करोड ६७ लाख ५७ हजार १ सय १३ रुपैयाँ अवैध सम्पत्ति जोडेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वि.सं. २०७२ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

झण्डै ३ वर्षपछि श्रेष्ठमाथि फैसला भएको हो । अख्तियारले श्रेष्ठकी पत्नी शिलुलाई पनि प्रतिवादी बनाएपनि अदालतले सफाइ दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?