राष्ट्रपति भण्डारी र कतारका अमिर बीच भेट

कतार । कतारको चार दिने औपचारिक भ्रमणको दोस्रो दिन आज राष्ट्रपति विद्यादेवी भण्डारी र कतारका अमिर शेख तमिम बीन हमाद अल थानी बीच अमिरी दिवानमा भेटवार्ता भएको छ ।

यस अघि राष्ट्रपति भण्डारीको सम्मानमा अमिरी दिवान (कतारी अमिरको दरवार) मा यहाँको सैनिक टुकुडीले सम्मान गारत अर्पण गरेको थियो ।

भेटवार्तामा दुई देशका बीच रहिआएको कूटनीतिक  सम्बन्ध र आपसी सहकार्यलाई अझ सुमधुर बनाउने लगायत विषयमा छलफल भएको छ। अमिर अल थानीले राष्ट्रपति भण्डारीको सम्मानमा दिवाभोजको आयोजना गरेका छन् ।

मित्र राष्ट्र कतारका अमिर अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी हिजोदेखि कतार भ्रमणमा छिन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?