काठमाडौंको विभिन्न स्थानबाट ठूलो परिमाणको पटाका बरामद, दुईजना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरीले राजधानीको विभिन्न स्थानबाट ठूलो मात्रामा विष्फोटक पदार्थ पटाका सहित कारोवारमा संलग्न ब्यक्तिलाई पक्राउ गरेको छ । 

काठमाडौंको आनन्दनगर बस्ने बारा अमरपुर घर भएका ३५ वर्षीय लक्ष्मीनारायण राउत कुर्मी समेत २ जनालाई ६  बोरा र २ वटा पोकामा रहेको विभिन्न प्रकारका पटाका सहित पक्राउ गरेको छ । 
महानगरीय प्रहरी वृत्त कमलपोखरीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

त्यस्तैं, चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेक प्वाईन्टबाट काठमाडौं भित्रिदै गरेको एक सय ५० प्याकेट पटाका प्रहरीले बरामद गरेको छ । 

महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको ना.७ ख ४४०९ नम्बरको बस जाँच गर्ने क्रममा बसको डिकीभित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त पटाका फेला पारी प्रहरीले बरामद गरेको हो । कपिलवस्तु महाराजगंज मुजहना नाकाबाट विभिन्न किसिमको पटाका अन्दाजी ४ हजार ५ सय थाान प्रहरीले बरामद गरेको छ । 

प्रहरी चौकी कुसहवाबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिले भारतबाट नेपालतर्फ लुकाई छिपाई साईकलमा ल्याउदै गरेको उक्त पटका छाडी फरार भएका थिए ।
    
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?