अवैध रुपमा लैजान लागेको अमेरिकी डलर सहित चाइनिज नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लैजान लागेको १ लाख २६ हजार ४ सय अमेरिकी डलर सहित चाइनिज नागरिक राहदानी नम्बर इडि ४८२९४७८ बाहक   ERSHA लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौंबाट चीनको गन्जाउ जान लागेको उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अबैध रुपमा लुकाई छिपाई लैजान लागेको उक्त डलर सहित प्रहरीले फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?