जङ्गलमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एकजानको मृत्यु

गाईघाट । उदयपुरको चौदण्डी नगरपालिका हँडिया–९ अजगराकी २० वर्षीया सम्झना चौधरीको सोमबार नजिकैको जङ्गलमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खेतमा धान राख्ने खला लिप्ने माटो लिन गएकी सम्झना चौधरीको पुरिएर मृत्यु भएको हो । चौधरीका बाबु तीलकराम चौधरी भने ढिस्कोले पुर्दा सख्त घाइते भएका छन् । घाइते चौधरीको छिमेकीले जङ्गलबाट उद्धार गरी नजिकैको हँडिया स्वास्थ्यचौकीमा उपचार भइरहेको उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले जानकारी दिएका छन् ।  

घटनास्थल हँडिया अजगरादेखि पाँच किलोमिटर उत्तरी पहाडी क्षेत्रको जङ्गलमा भएको प्रहरीले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?