तनावका बीच राजापाक्षले थाले काम

कोलम्बो –श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा नियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले सोमबारदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

सिरिसेनाले शुक्रबार प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई अपदस्थ गरी पूर्वराष्ट्रपति राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।
स्थानीय सञ्चारमाध्यमका अनुसार राजापाक्षले श्रीलंकाको २२ औं प्रधानमन्त्रीका रूपमा आफ्नो काम सुरु गरेका हुन् । राजापाक्षको पार्टीले भने राजापाक्षको संसद्मा बहुमत रहेको दाबी गरेको छ । तर अपदस्थ प्रधानमन्त्री विक्रमासिंघेले पनि संसद्मा बहुमत रहेको बताउँदै आएका छन् । कान्तिपुरले एएफपीको समाचार छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?