गौचन हत्याका मूख्य ‘सूटर’ पक्राउ, आजै सार्वजनिक गरिने

नेपाल निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचन हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार कोटेश्वरबाट गौचन हत्यामा संलग्न लोप्साङ लामा, अमर रानामगर र रोशन बुढाथोकीलाई पक्राउ गरेको हो ।
अभियूक्त अमर रानामगर नै शरद गौचनको मूख्य सूटर रहेको प्रहरीले जनाएको छ ।
तीनै जना अभियुक्तलाई प्रहरीले आजै सार्वजनिक गर्ने भएको छ ।
गत असोज २३ गते काठमाडौंको नयाँ बानेश्वर नजिकै शान्तिनगरस्थित खरिबोटमा गौचनको हत्या भएको थियो ।
यो पनि पढ्नुहोस् ।