युवराज पंगाली
नाटक एउटा कला हो ।
यो जीवनको प्रस्तुति तथा प्रतिबिम्ब हो ।
यसले मानिसलाई जिउन सिकाउँछ । त्यतिमात्र होइन, नाटकले संस्कृति तथा परम्परालाई जोगाइराख्न मद्दत गर्दछ ।
यो कलाको एउटा विधा हो, जसले मानिसका खुसी, दुःख, पीडा सबैलाई बोकेको हुन्छ । नाटकको भविष्य उज्वल छ ।
पछिल्लो समय धेरै युवाहरूले यो क्षेत्रलाई आफ्नो भविष्य ठानेर अगाडि बढेको अवस्था छ ।
नाटकमा भविष्य खोज्न सयौं मानिसहरू लागिपरेका छन् । थिएटर घरमा नाटक हेर्ने दर्शकमात्र बढेका छैनन् ।
नाट्य पेशालाई आफ्नो प्रमुख पेशाको रूपमा लिने मानिसहरूको संख्या दिन प्रतिदिन बढ्दो छ ।
****
केही वर्ष पहिलेसम्म नाटकघरलाई टिकट बिकाउन निकै गाह्रो हुने हुन्थ्यो ।
तर अहिले बजारमा नयाँ नाटक आउँदा भिड लाग्ने गरेको छ । दर्शकहरूले रुचाएकै कारण नेपाली नाट्य क्षेत्रसमेत व्यावसायिक बन्दै गएको अवस्था छ ।
नेपाली मौलीक नाटकलाई जोगाई राख्न सुर्खेतमा रारा राष्ट्रीय नाटक महोत्सव समेत हुदैँछ ।
काठमाडौँमा मात्र नाटक सिमित हुन थालेको र राजधानी बाहिर भने मौलिक नाटक सुस्ताउदै गएको कारणले गर्दा सुर्खेतमा नाटक महोत्सव गर्न लागीएको रंगकर्मिहरु बताउँछन् ।
नेपाली नाटकलाई अहिलेको बदलिँदो परिवेश अनुसार नाटकका माध्यमबाट पनि सकारात्मक सन्देश दिन सकिन्छ भन्ने बुझाई रहेको छ सुर्खेतका वरिष्ठ रंगकर्मि तथा महोत्सव मुल आयोेजक समितिका संयोजक समेत गणेशभक्त गौतमको ।
****
आगामी मंसिर ६ गते देखी १० गते सम्म संचालन हुने रारा राष्ट्रीय नाटक महोत्सवले बौद्धीक वर्गमा ठुलो तरङ्ग ल्याउने बताउँछन् रंगकर्मि गौतम ।
उनि भन्छन, “नेपालि भाषाको उद्गम थलो भनेको कर्णाली नै हो, त्यसैकारणले गर्दा पनि एस पटकको राष्ट्रिय नाटक महोत्सव सुर्खेतमै गर्न लागीएको हो” ।
नेपालका सातै प्रदेशका नाट्य समुहले सहभागिता जनाउने यस महोत्सवका लागि सास्कृतिक संस्थान काठमाडौँको आयोजना तथा आरंग नेपाल सुर्खेतको व्यवस्थापनमा हुने नाटक महोत्सवमा करिव ४० लाख रुपैँया लागत लाग्ने र करिव ६ हजार दर्शकले अवलोकन गर्न पाउने गौतमको भनाई छ ।
अहिले नाटक महोत्शव सम्पर्क कार्यलय तथा मुख्य सचिवालयको स्थापना भईसकेको उनको भनाई छ ।
गौतम भन्छन्, अरु महोत्सव जस्तो चौरमा गरिने महोत्शव होईन नाटक महोत्सव यो भनेको एउटा बन्द थियटरमा गरिने नाटक महोत्सव हो ।
महोत्सवमा प्रत्येक प्रदेशवाट २ वटाका दरले १४ र आयोजकको तर्पmवाट १ सहित १५ वटा नाटक प्रर्दशन हुन्छ उनले भने । महोत्सव संचालन गर्नका लागी कर्णाली प्रदेश सरकारले पनि सहयोग गरिरहेको उनको भनाई छ ।
नाटक एक व्यक्तिले गर्ने काम होइन, यो टिममा गरिन्छ ।
नाटकमा धेरै व्यक्तिहरूको संग्लनता हुन्छ ।
नाटक प्रर्दशनका दुई पक्ष हुन्छन् एउटा मञ्चन पक्ष अर्को नेपथ्य ।
नेपथ्यको पक्षमा लाइट, साउण्ड, म्युजिक, ड्रेसलगायतको समावेश हुन्छ ।
हामीले नाटकमा कलाकारको पक्षमात्र देख्छौँ ।
तर त्यसका पछाडि धेरै पक्ष हुन्छन् । एउटा नाटक प्रस्तुत गर्न धेरै मानिसको संलग्नता हुन्छ ।
यी सबैले यो पेशाबाट मात्र दैनिक गुजारा चलाउन सम्भव हुँदैन ।
तर यस क्षेत्रलाई आफ्नो भविष्य ठानेर मेहनत, लगनशिलता र आत्मविश्वासका साथ अगाडि बढ्ने रंगकर्मीले एक दिन सफल प्राप्त गर्ने उनको विश्वास रहेको छ ।
‘हामी रंगकर्मीहरूको एक मात्रै उद्देश्य सुर्खेतमा नाटक घर बनाउने रहेको छ,’ उनले भने, ‘यसका लागि हामीले सहयोग जुटाउने योजना बनाएका छौं र महोत्सवले राहत मिल्ने कुरामा हामी ढुक्क छौं ।’ गौतमले भने ।
दैलेख जिल्लाको नारायण नगरपालिका–९ साँढुमा जन्मिएका कर्णालीका प्रख्यात नाटककार हुन् गणेशभक्त गौतम ।
सानै उमेरमा गाउँका वृद्धवृद्धा, आफ्नै बुवा तथा आफन्तको हिँडाइ, बोलाइलाई नक्कल गर्ने, हाँसो गर्ने उनीहरूको भनाईलाई जस्ताको तस्तै अरुलाई सुनाउने बानी बसालेका गौतम अहिले नाटककार, नाट्यकर्मी, निर्देशक भइसकेका छन् ।
दैलेख जिल्लाको नारायण नगरपालिका–९ साँढुमा जन्म लिएका कर्णालीका प्रख्यात नाटककार गणेशभक्त गौतम ।
सानै उमेरमा गाउँका बृद्धबृद्धा, आफ्नै बुवा तथा आफन्तको हिँडाइ, बोलाइलाई नक्कल गर्ने, हाँसो गर्ने उनीहरूको भनाईलाई जस्ताको तस्तै अरुलाई सुनाउने बानी बसालेका गौतम अहिले नाटककार, नाट्यकर्मी, निर्देशक भइसकेका छन् ।
पेशाले स्वास्थ्य अधिकृतको रुपमा जागिरे गौतमले अहिले पनि नाटक खेल्ने, निर्देशन गर्ने, नाटक लेख्ने काम गर्दै आइरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया