१ सय ८८ यात्रु सवार लायन एयरको बोइङ विमान समुद्रमा खस्यो

काठमाडौं । इण्डोनेसियाको जाकार्ताबाट १८८ यात्रु लिएर उडेको लायन एयरको बोइङ विमान समुद्रमा खसेको छ । 

लायन एयरका बोइङ ७३७ म्याक्स ८ जहाज जाकार्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटपछि नै राडारको सम्पर्कबाट विच्छेद भएको इण्डोनेसियाका सञ्चारमध्यमहरुले जनाएको थियो ।

फ्लाइट नम्बर जेटी–६१० जहाज इन्डोनेसियाको राजधानी जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको थियो । जाकार्ताबाट १८८ यात्रु लिएर उडेको लायन एयरको बोइङ विमान  उडे लगत्तै जहाज दुर्घटना भएको हो ।

जहाजमा १७८ जना वयस्क, एक बालक, दुई नवजात शिशु, दुई पाइलट र पाँच जना चालक दलका सदस्यहरु थिए । इन्डोनेसियाको अर्थ मन्त्रालयका २० जना कर्मचारी विमानमा रहेका थिए ।

राष्ट्रिय खोज तथा उद्धार केन्द्रका अनुसार विमान समुद्र पार गरिरहेको बेला पश्चिम जाभा प्रान्तको कारावाङबाट सम्पर्कविहीन भएको हो । 

उद्धार केन्द्रका प्रवक्ता युसुफ लतिफले भने, ‘अहिले खोजी तथा उद्धार कार्य जारी छ ।’

यसअघि पनि सन् २०१० मा पनि लायन एयरको हेलिकोप्टर बालीको समुद्रमा दुर्घटना भएको थियो । तर, सबै यात्रुलाई सकुशल उद्धार गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?