रसुवामा मध्यराती ट्रिपर दुर्घटना, २ जनाको मृत्यु

रसुवा- रसुवाको कालिका गाउँपालिका-४ अम्बासमा गएराती  ट्रिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। यस्तै चालक सहित ३ जना घाइते भएका छन् ।

 बेत्रावतीबाट बालुवा लोड गरि पारच्याङतर्फ जाँदै गरेको बा ४ ख ८३६६ नम्बरको ट्रिपर अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा ट्रिपरमा सवार नौकुण्डा गाँउपालिका-३ का ४० बर्षीय कामी तामाङ र १५ बर्षीय प्रकाश तामाङ रहेका छन् । उनीहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कालिकास्थानले जनाएको छ ।

घाइते भएका चालक रसुवा नौकुण्ड गाँउपालिका-३ का २१ बर्षीय जिव राम थोक्रर ट्रिपरमा सवार ३५ बर्षीय सार्की लामा र उनका ११ बर्षीइ छोरा अदित तामाङलाई उपचारको लागी काठमाडौंको धापासी स्थित ग्राण्डी अस्पताल  पठाइएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?