मंसिरबाट माइक्रो चालकलाई पनि ड्रेस

काठमाडौं। मंसिर १ गतेदेखि माइक्रोबसका चालकले पनि ड्रेस लगाउनु पर्ने भएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले यो विषयमा ट्राफिक प्रहरी महाशाखा र व्यवसायीबीच समझदारी भइसकेको बताए ।

‘सुरुमा ट्याक्सीमा यो अभ्यास ग¥यौं, प्रभावकारी भयो त्यसैले उपत्यकाका माइक्रोमा पनि सुरु गर्दै छौं’, सिटौलाले भने– ‘त्यसपछि विस्तारै देशैभरका सबैखाले सवारीमा चालकको आफ्नै ड्रेस हुन्छ, ट्याक्सीमा जुन गुनासो आएको थियो ड्रेस लगाएपछि कमी हुँदै आएको छ ।’

माइक्रो चालकले सुन्तला र सहचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने सिटौलाले बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?