राष्ट्रपतिको कतार भ्रमण आजबाट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने औपचारिक कतार भ्रमण आजदेखि सुरु हुँदै छ । राष्ट्रपति भण्डारीको कतार भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।

राष्ट्रपति भण्डारीको साथमा सरकारी टोली र व्यापारीको पनि सहभागिता रहने राष्ट्रपति कार्यालयले जनाएको छ । सरकारी टोलीमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारका प्रवक्ता तथा सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार भ्रमणका क्रममा कृषि तथा पशु पक्षी विकास, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना, कूटनीतिक राहदानी वाहकहरूलाई दुवै देशले छुट दिने समझदारी पत्रमा हस्ताक्षर हुनेछ । राष्ट्रपति भण्डारीले अघिल्लो कार्यकालमै कतार भ्रमणको तयारी गरेकी थिइन् । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?