मलेसिया जाने कामदारको लागत शून्य

 काठमाडौं – नेपालीको प्रमुख रोजगारी गन्तव्य मलेसियासँग सोमबार काठमाडौंमा दुईपक्षीय श्रम समझदारी (एमओआई) हुँदै छ । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
समझदारीपत्रमा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधनमन्त्री कुला शेघरानको नेतृत्वमा ६ सदस्यीय टोली आइतबार राति काठमाडौं आइपुगेको छ । हालसम्म वैदेशिक रोजगारीमा गएका ३५ लाख ५४ हजार नेपालीमध्ये २९.८८ प्रतिशतको गन्तव्य मलेसिया छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार एमओआईपछि नेपाली कामदारलाई बिनाशुल्क मलेसिया जाने ढोका खुल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?