निकुञ्ज छलेर रेलमार्ग

काठमाडौं – रेल विभागले पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत निजगढ–हेटौंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न आशयपत्र माग गरेको छ ।
१३६ किलोमिटर खण्डको डीपीआर ६ महिनाभित्र बनाइसक्ने योजना रहेको विभागले जनाएको छ ।
पूर्वमा झापाको बाहुनडाँगीबाट सुरु हुने रेलमार्ग कञ्चनपुरको गड्डाचौकीसम्म जोडिनेछ, जुन ९४६ किमि लामो हुनेछ । विभागले पूर्व–पश्चिम लोकमार्गको समानान्तर रूपमा रेलमार्ग बनाउने भएको हो ।
आशयपत्रमा चितवन राष्ट्रिय निकुञ्जभन्दा उत्तरबाट रेलमार्ग बनाउने प्रस्ताव छ । त्यसैअनुसार डीपीआर तयार पारिने विभागले जनाएको छ । निकुञ्जभित्रबाट लैजाँदा जैविक एवं पर्यावरणीय नोक्सानी हुने र ठूलो मात्रामा रूख काट्नुपर्ने भएकाले बाहिरबाट बनाउन लागिएको हो । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?