जग्गा किर्ते गरेको आरोपमा मालपोत कार्यालय, परासीका कर्मचारीविरुद्ध अदालतमा मुद्दा दर्ता

काठमाडौं । मालपोत कार्यालय, परासीका कर्मचारीविरुद्ध विशेष जिल्ला अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ । 

आइतबार जिल्ला अदालत काठमाडौंमा मालपोत कार्यालय परासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थी, खरिदार जीवलाल भूषाल र कम्प्यटर अपरेटर एजाज खाँ विरुद्ध आरोप पत्र दर्ता गरिएको हो । 

उनीहरु तीन जनासहित जयखानी ३ गुल्मीका दीपक सुनारले साबिक तिलकपुर गाविस वडा नं. -५, हाल सरावल गाउँपालिका वडा नं.-१ कि.न. २४ क्षे.फ.२-१५-२ जग्गा बिगाहको सार्वजनिक जग्गा किर्ते कागजात तयार पारी लुम्बिनी ग्याँस उद्योग प्रा.लि. नवलपरासीलाई बेचबिखन गरेको आरोप लागेको छ । 

उनीहरुले सरकारी तथा सार्वजनिक प्रवितिको जग्गा व्यक्ति विशेषको नामबाट अमुक कम्पनीको नाममा बिक्री गरेको भन्दै उनीहरुविरुद्ध अदालतमा मुद्दा दायर गरिएको हो । 

अनुसन्धानका क्रममा नवलपरासी तिलकपुर गाविस वडा नं.-५ कि.न.२४ क्षे.फ.२.१५.२ बिगाहको उक्त जग्गाको नक्कली जग्गाधनी दर्ता श्रेस्ता र प्रमाणपूर्जा समेत खडा गरी मालपोत कार्यालय परासीका कर्मचारीहरु समेतको मिलेमतोमा सरकारी, सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेषको नामबाट अमुक कम्पनीको नाममा बिक्री वितरण गर्ने प्रयोजनको लागि राजीनामाको लिखत तयार समेत गरेको देखिएको छ । 

आरोपित उनीहरुले प्रती कठ्ठा पाँच लाख बिस हजारका दरले दुई करोड छयासी लाख बाउन्न हजार  पर्ने जग्गा गैह्रकानुनी रूपमा ब्यक्ति विशेषको नाममा कम्प्युटर इन्ट्री गरी, नक्कली श्रेस्ता,पूर्जा खडा गरी कार्यालयमा रहेको मोठ ठेलीमा घुसाइ, वडा कार्यालयको घर बाटो सिफारिस समेत केरमेट गरी त्रिक्री गरेको प्रस विज्ञप्तिमा उल्लेख गरिएको छ ।   

उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा९१० र सोही ऐनको दफा ८ को उपदफा ९१० को देहाय (ज) बमोजिमको कसुर गरेको पुष्टी भएको पनि विज्ञप्तिमा जनाएको छ । 

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा९१० बमोजिम सजाय हुन मागदाबी गर्दै आइतवार अदालतमा आरोप-पत्र दायर गरिएको हो ।

सो जग्गा दिपक सुनारले आफ्नो नाममा नक्कली जग्गा धनी बनी लुम्बिनी ग्याँसका प्रतिनिधि सुरेन्द्रराज पौड्याललाई बिक्री गरिएको थियो । त्यस्तै  सरकारी, सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा खरिद बिक्री गर्ने–गराउने कार्यमा संलग्न सुदन श्रेष्ठविरुद्ध पनि अदालतमा आरोप पत्र दर्ता गरिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?