सई भण्डारी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाण पत्र पेश गरी प्रहरी सेवामा जागिर खाएका सई रामबहादुर सिंह भण्डारी विरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

उनले भारतबाट खरिद नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी नेपाल प्रहरीको प्रहरी नायव निरीक्षक (सई) मा जागिर खाएका थिए । 

भण्डारी विरुद्ध भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १२ र प्रचलित प्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ अनुसार असुर गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गरिएको हो । 

अख्तीयार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव एवं प्रवक्ता रामेश्वर दंगालका अनुसार, माध्यामिक शिक्षा परिषद् उत्तर प्रदेश भारतस्थित एक विद्यालयबाट प्राप्त गरेको आइ.ए.को शैक्षिक प्रमाण पत्र नक्कली रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?