अबदेखि साइतमा मात्रै विवाह हुने

काठमाडौं । अबदेखि पण्डितले बेमौसमी महिनामा विवाह नगराउने निर्णय गरेका छन् । 

राजधानीमा दुईदिन चलेको पण्डितको पाँचौं सम्मेलनले यस्तो निर्णय र निर्देशन गरेको हो ।

केही वर्षता पण्डितहरुले भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा पनि साइत निकाल्दै विवाह गराउँदै आएकोमा अबदेखि साइतमा मात्र विवाह गराउने उनीहरुको निर्षक छ ।   

पण्डितले साइत निकाल्दै विवाह गराएपछि कर्मकाण्डमा अनेक विकृति फैलिएको ठहर गर्दै अबदेखि यी बेमौसमी महिनामा विवाह गर्न नपाउने संहिता बनाएका हुन् । 

सम्मेलनको अन्तिम दिन शनिबार १५ बुँदे घोषणापत्र जारी गर्दै घोषणापत्रका संयोजक एवं संस्कृतिविद् श्रीकृष्ण अधिकारीले भने, ‘भदौ, असोज, कात्तिक, पुस र चैत महिनामा विवाह गर्ने कार्यलाई नितान्त बन्द गर्ने विषयमा यो सम्मेलन मुलुकभरका सबै पण्डितलाई निर्देशन र आह्वान गर्दछु ।’

सम्मेलनमा पण्डितहरूको आचरण, अध्ययन, कर्मकाण्डी तरिका, लोभलालच, अल्पज्ञान र अनावश्यक निर्णय तथा निर्देशन गर्ने विषयमा गहन ढंगले आवाज उठेपछि यस्तो निर्णय गरिएको उनले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?