बारामा ६० वर्षीय वृद्धाको घाँटी रेटेर हत्या

बारा । बारामा एक ६० वर्षीय वृद्धाको घाँटी रेटेर हत्या गरिएको छ । 

शानिबार राति कलैया उपमहानगरपालिका–२३ कोइरिया टोलका ६० वर्षीया वृद्धा नन्दलाल पटेलको अज्ञात समूहले घाँटी रेटेर हत्या गरेको हो । 

प्रहरी नायब उपरीक्षक रंजित सिंह राठौरका अनुसार खाना खाएर घर नजिकै गोठमा गएको बेला अज्ञात समूहले घाँटी रेटेर पटेलको हत्या गरेको हो ।

घटना राति ८ः३० बजेको हो उनले भने ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?