‘पन्तको हत्यारालाई राज्यबाटै संरक्षण’

काठमाडौंं – प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्यामा संलग्नलाई राज्यले नै संरक्षण दिएको आरोप लगाएका छन् । नेपाल तरुण दलको ६५औंं स्थापना दिवसका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा देउवाले भने, ‘बलात्कार र हत्या गर्नेहरूको कुनै पार्टी हुन्न । उनीहरूलाई कानुनी दायरामा तत्काल ल्याइयोस् ।’ उनले हत्यामा संलग्नलाई पक्राउ गर्न नसक्नुले शान्ति सुव्यवस्था कायम गर्ने दिशामा समेत सरकार असफल प्रमाणित भएको बताए । कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?