रिसाउँछन् भीरमौरी, लखेटेरै हैरान

लमजुङ – पारिपट्टि छंगाछुर भीरमा गाउँले मह काढ्दै छन् । वारिपट्टि हेर्नेको भीड । एक्कासि भीरमौरी आएर चिल्न थाल्छ, हेर्नेहरूको भागाभाग हुन्छ । स्याँगे झरनानजिकै छोवली भीरमा शुक्रबार मह काढ्न जम्मा भएका मिप्रा गाउँका ६० घरका स्थानीयलाई मौरीले लखेट्यो । २५ वर्षदेखि मह काढ्दै आएका ५५ वर्षीय डिलबहादुर गुरुङलाई हिजोआज मौरीको हूल रिसाएको देख्दा अचम्म लाग्छ । ‘हाम्रो बानी बिग्रेकाले रिसाएका होलान्,’ उनले भने, ‘आजकल जथाभावी मह काढ्न थालिएको छ । आधुनिक औजार प्रयोग गरिएको छ । भीरमै गएर घनछिनोले कोपेर जाने बाटो बनाइएको छ ।’

सिकारी पनि सादा पोसाकमै गएर मह काढ्थे । हिजोआज बाक्लो लुगा, पन्जा र अनुहार ढाकिने जाली लगाउँदा पनि टोक्ने गरेको छ । ‘अचेल किन हो कुन्नि, मह काढ्न थालेपछि मौरीले लखेटेर हैरान पार्छ,’ मस्र्याङ्दीगाउँपालिका ४, ताघ्रिङ मिप्राकी चन्द्रकुमारी गुरुङले भनिन्, ‘पहिले–पहिले यस्तो गर्थेन ।’ कान्तिपुर दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?