नुवाकोटमा केन्द्रीय कारागार सञ्चालनको तयारी

काठमाडौँ– केन्द्रीय कारागार स्थानान्तरण गर्ने उद्देश्यसहित नुवाकोटमा निर्माणाधीन कारागार चालु आर्थिक वर्षको अन्त्यदेखि नै सञ्चालनमा आउने भएको छ ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले नुवाकोटको त्रिशूलीमा एकहजार पाँचसय जना रहनसक्ने क्षमताको कारागार रहने छ । एउटा पुरुष ब्लक निर्माण कार्य असारसम्म सम्पन्न भई सञ्चालनमा आउने उनले जानकारी दिए ।
नुवाकोटको त्रिशूलीमा ५३९ रोपनी क्षेत्रफलमा सात हजार कैदीबन्दी क्षमताको केन्द्रीय कारागार बनाउने लक्ष्य अनुसार निर्माण भइरहेको कारागारमा एकहजार पाँचसय जना रहने क्षमताको चारवटा पुरुष ब्लक र एकहजार जना क्षमताको एउटा महिला ब्लक गरी जम्मा पाँचवटा ब्लक निर्माण गरिने जानकारी महानिर्देशक मैनालीले दिए । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
 
विसं। २०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौँस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानन्तरण गर्ने निर्णय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?