डीआइजी सुशीललाई पारिवारिक विछोडले त ठग्यो नै दैवले समेत चुँड्यो

काठमाडौँ । सुदूरपश्चिमको धनगढी कैलालीका स्थानीय बासिन्दा डिआइजी सुशील भण्डारी पारिवारिक सम्वन्धका कारण पनि निकै दुखी थिए । पहिलो पारिवारिक सम्वन्ध टुटेको केही वर्ष नवित्दै भण्डारीलाई दैवले समेत चुडेको छ । 

काभ्रे जिल्लाको मण्डन–देउपुर नगरपालिकाको वडा नम्वर–६ स्थित गैरी विसौनी बाँगेटार (ढकालथोक) मा शनिवार दिउँसो जीप दुर्घटना हुँदा प्रहरी नायव महानिरीक्षक (डिआइजी ) सुशील भण्डारी सहित तीनजनाको मृत्यु भएको छ । 

यो दुखद घटनाले भण्डारीको परिवार तथा आफन्तजनलाई मात्र नभइ प्रहरी संगठन र राज्यलाई समेत क्षति पुगेको भनाई उहाँका शुभचिन्तकहरुको छ । २०४६ सालमा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका भण्डारी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको ब्याची पनि हुन । 

हाल राजधानीको शान्तिनगरमा बस्दै आएका डिआइजी भण्डारीको पारिवारिक सम्वन्द्ध टुक्रिएको आफन्तले बताएका हुन । डिआइजी भण्डारी पारिवारिक सम्वन्धका कारण पनि सधै तनावमा हुने गरेका थिए । 

सोही तनावबाट मुक्ति पाउन धार्मिक यात्रामा निष्कने डिआइजी भण्डारीको सडक दुर्घटनामा परि मृत्यु भएको छ । घरायासी तनावबाट मुक्ति मात्र होइन सधैका लागि जिवन त्यागे उनका एकजना आफन्तले भक्कानी दै भने । 

प्रहरी प्रधान कार्यालय नक्सालले अन्वेषण तथा योजना निर्देशनालय प्रमुख डिआइजी भण्डारीको जीप दुर्घटनामा परि मृत्यु भएको स्पष्ट पारेको छ । 
सोही दुर्घटनामा पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेस प्रदेश ३ का अध्यक्ष विनोद कार्कीको पनि मृत्यु भएको छ । 

डोजर लगाएर खनिएको कच्चीमार्ग हुदै चुरीथुम्काबाट हेगुवापाटी आउदै गरेको बा ३ च २८७ नम्वरको टोयटा ल्याण्डक्रुजर कार सडकबाट करीव पाँचसय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले बताएका हुन ।

जीपमा सवार पनौतिका ब्यापार ब्यवसायी सीताराम हुँमागाई, प्रदिप वोगटी र किरण गौतम घाइते भएका छन् । प्रहरीका अनुसार, रेडियो गौरवका पत्रकार पराजुली र टे«ड युनियन नेता कार्कीको घटनास्थलमै मृत्यु भएको थियो । 

दुर्घटनामा सख्त घाइते भएका डिआइजी भण्डारीको भने उपचारका क्रममा साँझ साढे पाँचवजे धुलिखेल अस्पतालमा मृत्यु भएको हो । कतिपयले उनीहरु क्रसर ब्यवसाय सञ्चालन गर्ने योजना अनुसार विदाको दिन पारेर सो स्थानमा घुम्न पुगेको बताएका छन् । 

अन्य घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । काभ्रे प्रहरी प्रमुख खड्काका अनुसार, कच्ची सडक भएका कारण जीप दुर्घटनामा परेको पूर्वानूमान गरिएको छ । मृतक पत्रकार पराजुली मण्डन देउपुर नगरपालिका वडा नम्वर ४ र कार्की नमोबुद्ध नगरपालिका–१० का स्थायी वासिन्दा हुन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?