रौतहटमा भीषण आगलागी, एक सय ३५ टहरा जलेर नष्ट

रौतहट । रौतहटको कटहरियामा भीषण आगलागी भएको छ । 

शनिबार रौतहटको कटहरिया बजारमा लागेको भीषण आगलागीबाट सयौँ घर टहरा जलेर नष्ट भएको छ ।

कटहरिया नगरपालिका ५ स्थित पूर्वकालदेखि लाग्ने हाट बजारमा आज दिउँसो १२.३० बजे भएको आगलागीबाट १ सय ३५ वटा टहरा जलेर नष्ट भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?