२०७५, १० कार्तिक शनिवार ०१:५९

उपत्यकामा भेटियो डेंगुका जीवाणु


प्रकाशित मिति : २०७५, १० कार्तिक शनिवार ०१:५९

काठमाडौं-काठमाडौं उपत्यकामा डेंगुका बिरामी भेटिएका छन् । उच्च ज्वरो आएर उपत्यकाका विभिन्न अस्पताल पुगेका सात जनामा डेंगुको जीवाणु भेटिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका निर्देशक डा. विवेककुमार लालका अनुसार काठमाडौंको बालाजु र वनस्थली ढुंगेधारा क्षेत्रका सातजना बिरामीमा डेंगु संक्रमण पुष्टि भएको हो । अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस