सत्तारुढ (ने क पा) लाई टक्कर दिने ऋषि कट्टेलको केही लागेन

काठमाडौं । नाम विवादमा रुमल्लिएका दुई दलका विषयमा निर्वाचन आयोगले टुंगो लगाउँदै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)लाई वैधानिकता दिएको छ ।

तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको दलको नाम नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सो नामप्रति आपत्ति जनाउँदै आएको थियो । उसले सो नाममा आफ्नो दल दर्ता भएको भन्दै नयाँ दलको दर्ता खारेजीको माग गरेको थियो ।

तर, निर्वाचन आयोगका आयुक्तको शुक्रबार बसेको इजलासले दुवै दलको फरकफरक अस्तित्व रहेको व्याख्यासहित सत्तारुढ (ने क पा)लाई वैधानिकता प्रदान गरेको हो । आयोगका प्रवक्ता दीपक सुवेदीले आयोगले कानुनसम्मत निर्णय गरेको बताए । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?