ट्रिपरमाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा, उपत्यकामा दिउँसै चल्ने भयो २४ ट्रिपर

काठमाडौं । दिउँसो ट्रिपर सञ्चालनमा रोक लगाउँदै आएको सरकारले अब दिउँसो पनि सञ्चालन गर्न दिने भएको छ । 

सरकारले ट्रिपरलाई दिउँसोमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेसँगै पहिलो चरणमा शुक्रबारदेखि नै चक्रपथ सुधार आयोजनाको २४ वटा ट्रिपर चल्ने भएका छन् ।

अन्ततः ट्रिपरमाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा हुने भएको हो । 

शुक्रबार गृह मन्त्रालयमा भएको छलफल पछि ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी भने, ‘शुक्रबारदेखि नै चक्रपथ सुधार आयोजनाका २४ वटा ट्रिपर सञ्चालन हुन्छ ।’ 

आयोजनाको काम आउँदो डिसेम्बरसम्म सक्नुपर्ने हुनाले दिउँसोको समयमा पनि ट्रिपर सञ्चालन गर्न लागिएको हो, उनले भने । 

ट्रिपरका कारण दुर्घटना बढेर मानवीय क्षति हुन थालेपछि गृह मन्त्रालयले विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म काठमाडौं उपत्यकामा ट्रिपर सञ्चालनमा प्रतिबन्ध लगाएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?