काठमाडौंमा बेहोस भई १ को मृत्यु

काठमाडौं । काठमाडौं र कास्कीमा बेहोस भई १ जनाको मृत्यु भएको छ ।
बिहीवार काठमाडौं महानगरपालिका–१ दरबारमार्गस्थित रोयल क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा बेहोश भएका काठमाडौं महानगरपालिका–२८ पुतली सडक बस्ने सिराह लहान शुखोवन गाउँपालिका–३ का ४० वर्षीय बुद्धिलाल शाहको मोडेल अस्पताल बागबजारमा उपचारको क्रममा मृत्यु भएको हो ।
बुद्धिलालले हरीशंकर नाम गरेको व्यक्तिको भारतीय भोटर कार्ड, भारतीय राजदुताबासको एम्बेसी कार्ड र आधार कार्ड प्रयोग गरी क्यासिनोमा प्रवेश गरेको पाइएको छ ।