चामल ढुवानीमा एयरलाइन्सको सिन्डिकेट

 काठमाडौं – चार एयरलाइन्स कम्पनीले सिन्डिकेट गरी सम्झौताअनुसार खाद्यान्न ढुवानी नगर्दा यस पटकको दसैंमा हुम्लीले चामलको अभाव खेप्नुपरेको छ । दसैंमा खाद्यान्न अभाव नहोस् भनेर खाद्य संस्थानले तारा, समिट, सीता र मकालु एयरलाइन्ससँग असोज १८ गते ढुवानीका लागि लिखित सहमति गरेको थियो । तर बढी कमाइ हुने भएपछि एयरलाइन्सहरू सम्झौताअनुसार ढुवानी नगरी यात्रु ओसार्न लागेको संस्थानले जनाएको छ ।

सहमतिअनुसार प्रत्येक एयरलाइन्सले २ सय ५० क्विन्टलका दरले दसैंअगाडि नै १ हजार क्विन्टल खाद्यान्न ढुवानी गर्नुपर्ने थियो । तर उनीहरूले ३ सय ३५ क्विन्टलमात्रै ढुवानी गरे । ‘दसंैमा सिमकोट–१, २, ३, ७ र ८ वडाका बासिन्दालाई प्रतिव्यक्ति १ किलो र ४, ५ र ६ वडाकालाई ५ किलो चामल दिने सहमति थियो,’ गाउँपालिका उपाध्यक्ष बली राउतले भने, ‘करिब ३५ प्रतिशत स्थानीयले सहमतिअनुसार चामल पाएनन् ।’ अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?