बेल्जियममा आलोकाँचो चोरको समूह प्रहरीको फन्दामा

काठमाडौं । आइतबार बेल्जियममा आलोकाँचो चोरहरुको एक समूह प्रहरीको फन्दामा परेको छ । उनीहरु एक स्टोरमा चोर्न जादाँ स्टोरका मालिकले प्रयाप्त पैसा नभएकाले पछि आउन भनेपछि फर्किएका थिए । 

दीदीएर नामका स्टोर मालिकले बेल्जियम चारलरोई सहरको बाहिरी भागमा विद्युतीय चुरोटको पसल चलाउथे । उनका अनुसार आइतबार अपरान्ह ६ जनाको हतियारधारीहरुको समुह उनको स्टोर पसेर उनीसँग पैसाको माग गर्न थाले । 

अवस्थालाई साम्य पार्नको लागि दीदीएरले चोरहरुको समुहलाई पैसा धेरै हुने भएकाले दिनको अन्तिममा आउन भने । 

“मैले उनीहरुलाई स्पष्ट रुपमा बेलुका ३ बजे आउन भने, ” दीदीएरले मिडियासँग बोल्दै भने ,“अहिले मसँग १००० जति मात्र छ, बेलुका आउनुभयो भने तपाईहरुले धेरै रकम हात पार्नु हुनेछ ।”

दीदीएरले आफ्नो आत्मरक्षाको लागि अचानक भनेको कुराले साँच्चै काम ग¥यो । अचम्मलाग्दो तरिकासँग उक्त समुह नचोरी फर्कियो र दीदीएरले प्रहरीलाई फोन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?