पराजुलीको मिति बढाएर पेन्सनपट्टा

 काठमाडौं – प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको फैसलासँग बाझिने गरी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टाका लागि न्यायपरिषद् अध्यक्षका हैसियतमा सिफारिस गरिदिएका छन् ।
 सर्वोच्चले पराजुलीको अवकाश मिति २०७४ साउन २१ गते कायम गरेकामा मिश्रले २०७४ फागुन ३० गते कायम हुने गरी सिफारिस गरेका हुन् । कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।

न्यायपरिषद् अध्यक्षका हैसियतले प्रधानन्यायाधीश मिश्रले २०७४ फागुन ३० गते अवकाश मिति कायम हुने गरी निर्णय गरेको परिषदका प्रवक्ता रामेश्वर रेग्मीले बताए । ‘राजीनामा मितिका आधारमा सम्माननीय अध्यक्षज्यू (प्रधानन्यायाधीश) ले निर्णय गर्नुभएको हो,’ रेग्मीले  भने, ‘त्यसकै आधारमा निजामती किताबखानामा पत्र गएको छ । मैले सुनेअनुसार पेन्सनपट्टासमेत बनिसक्यो ।’

न्यायपरिषदको पछिल्लो निर्णयले पराजुलीले कागजात लुकाएर लिएको ६ महिना १० दिनको बढी सुविधासमेत फिर्ता गर्नु नपर्ने भएको छ । परिषदको पत्रपछि निजामती किताबखानाले पराजुलीको पेन्सनपट्टा बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?