प्रदेश २ : प्रशासन, लोकसेवा र निजामती कर्मचारीसँग सम्बन्धित ३ विधेयकको मस्यौदा तयार

 जनकपुर-  सत्तारूढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले जनकपुर पुगेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत उपस्थित कार्यक्रममै संघलाई ‘ओभरटेक’ नगर्न चेतावनी दिए पनि प्रदेश सरकार थप ३ विधेयक ल्याउने अन्तिम तयारीमा छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रशासन, लोकसेवा र निजामती कर्मचारीसँग सम्बन्धित ३ विधेयकको मस्यौदा तयार भइसकेको र बिहीबार मन्त्रिपरिषद् बैठकबाट सैद्धान्तिक सहमति लिइने बताए । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ ।
 ‘यी तीनै विधेयक बुधबारसम्म तयार भइसक्छन् । बिहीबार सैद्धान्तिक सहमति लिइनेछ,’ प्रदेशमन्त्री यादवले  भने, ‘त्यसपछि प्रदेशसभामा दर्ता गराइनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?