२०७५, ७ कार्तिक बुधबार १४:४८

जीप दुर्घटनामा एकै परिवारका तीनको मृत्यु


प्रकाशित मिति : २०७५, ७ कार्तिक बुधबार १४:४८

जुम्ला– सिंजा गाउँपालिकाको नराकोटमा आज जीप दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
जुम्ला बजारबाट नराकोटसम्म रिजर्भमा गएको भे १ ज ८६५ नंको जीप दुर्घटना हुँदा तिला गाउँपालिका–३ का लाले सार्कीसहित उनकी श्रीमती जानकी र आठ महीनाकी छोरी मैनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जीप सडकबाट २५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक सीताराम रिजालले जानकारी दिए ।
यसैबीच रारादेखि पर्यटक बोकेको ग १ य १०९७ को जीप कनकसुन्दरी गाउँपालिका–६ गोरुचौर नजीकै सडकबाट खस्दा सात यात्रु सामान्य घाइते भएकामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस